arrow

गोरखामा एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
corona-virus-covid-19.jpg

गोरखा । गोरखामा एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गोरखा अस्पतालमा उपचारका लागि आएका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिइन् ।

सहिद लखन गाउँपालिका-७ बुङकोट स्थायी घर भएका ४० वर्षीय पुरुषमा सोमबार सङ्क्रमण पुष्टि भएको उनले बताइन् ।

ती पुरुष ज्वरो र रुघाखोकी समस्या देखिएपछि उपचारका लागि गोरखा अस्पताल आइपुगेका थिए ।

सङ्क्रमितको अवस्था सामान्य रहेको र उनलाई अहिले होम आइसोलेसनमा राखिएको सूचना अधिकारी श्रेष्ठले बताइन् ।

सङ्क्रमित व्यक्ति भरतपुरबाट गोरखा आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ