arrow

नेत्रविक्रम चन्द माओवादीको बन्दले मुलुकभरकै जनजीवन प्रभावित, सयबढी पक्राउ, ठाउँठाउँमा सवारी जलाइए

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
banda.jpeg
काठमाडौं । नेत्रविक्रम चन्द्र ‘विप्लब’ नेतृत्वको नेकपा माओवादीले आब्हान गरेको नेपाल बन्दको असर मुलुकभरमै परेको छ । महङ्गी, भ्रष्टाचार र कालोबजारी रोक्न माग गर्दै आब्हान गरिएको बन्दमा हिंश्रक गतिविधि हुन नदिन प्रहरीले बिहानै मुलुकभर गरी प्रहरीले एक सय बढीलाई पक्राउ गरेको छ ।
 
काठमाडौं उपत्यकाबाटमात्र ५० बढी पक्राउ परेका छन् । 
 
काठमाडौंमा पक्राउ परेकाहरुलाई, सिंहदरबार, कालिमाटी, महाराजगञ्जलगायतका प्रहरी वृतहरुमा राखिएको छ ।
 
 
यसैबीच, बन्दकर्ताले चढेका दुईओटा मोटरसाईकल महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले नियन्त्रणमा लिएको छ ।
 
बन्दका कारण सार्वजनिक यातायातका साधन चलेका छैनन् । जसले गर्दा सर्वसाधारणले दुःख पाएका छन् । 
 
माओवादीको पकड क्षेत्र पश्चिममा अझ बढी प्रभाव परेको जनाइएको छ । 
 
दोलखामासमेत बन्दको बहानामा माओवादीले दुई मोटरसाइकल र एउटा कार जलाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ