arrow
ADVERTISEMENT

हरेक वर्ष १५ हजारलाई रोजगारी दिने गरी गौरवका योजनाहरू अघि सारेका हौंः उप्रमुख डङ्गोल

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
sunita-dangol-07-16.jpg

काठमाडौँ । काठमाडौं महानगरकी उप्रमुख सुनिता डङ्गोलले हरेक वर्ष १५ हजार महानगरवासीलाई रोजगारी दिने गरी १० वटा गौरवका योजनाहरू अघि सारिएको बताएकी छन् । 

मंगलवार काठमाडौँमा महानगर गौरव योजना “रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।  उनले महानगरवासीलाई स्वरोजगार बनाई आय वृद्धिका लागि महानगरले गौरवका योजनामार्फत सीप विकासको काम गर्न लागेको बताइन् । उनले १० वटा गौरवका योजनाहरूमा महत्त्वपूर्ण योजना रोजगारीसँग जोडिएको बताइन् । 

उपप्रमुख डङ्गोलले महानगरले हरेक वर्ष कम्तीमा १५ हजार महानगरवासीलाई दक्ष जनशक्ति बनाएर रोजगारी दिने क्षमता राख्नुपर्ने लक्ष्य लिएर काम गरिरहेको उल्लेख गरिन् । उनले सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बीचको खाडल पूर्ण महानगरले सीप विकास तालिम दिने बताइन् ।

उनले भनिन्,‘आगामी तीन वर्षमा पूरा गर्ने गरी १० वटा गौरवका योजनाहरू अघि सारेका छौं । ती योजनाले तीन वर्षमा ट्रान्जिवल परिणाम दिने अपेक्षा राखेका छौं । जसमध्ये महत्त्वपूर्ण गौरवको आयोजना रोजगारीमा जोडिएको छ । रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि नाराका साथमा कार्यक्रम अघि सारेका छौं । यो कार्यक्रमको लागि १० करोड बजेट पनि छुटाएका छौं । कम्तीमा पनि १५ हजार जना महानगरवासीलाई रोजगारी दिन सक्ने क्षमता राख्नुपर्ने लक्ष्य लिएका छौं । सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बीचको खाडल पूर्ण केही पहलकदमी गनुपर्छ भनेर काठमाडौं महानगरपालिकाले दक्ष कामदार उत्पादन गर्ने र रोजगारी दिनेहरुबीचमा पुलको काम गर्दैछौं । विभिन्न रोजगारदाताहरू र दक्ष सीप सिकाउनेहरूसँग पनि सहकार्य गर्दैछौं । जसले गर्दा अध्ययन गरे अनुसारको काम पाउनु र पढाई पनि बजारमा आवश्यकता भएको जनशक्ति उत्पादन होस् भन्ने उद्देश्य रहेको छ । नेपाल साइवर सेक्युरिटी छात्रवृत्ति कार्यक्रमले पनि यो खाडल पूर्ण योगदान पुर्‍याउनेछ । यो कार्यक्रमको उद्देश्य रोजगारी,आय वृद्धि र क्षमता विकास गर्ने विश्वास लिएका छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ