arrow

सुरक्षा निकायलाई अग्नि नियन्त्रणका सामग्री

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० माघ ३ बुधबार
kavre-police-emergency-kits.jpg

काभ्रेपलान्चोक । जिल्ला डिभिजन वन कार्यालय काभ्रेले सशस्त्र प्रहरी बल नेपाल, गण नं १५ को मुख्यालय र पाँचखाल प्रहरी चौकीलाई अग्नि नियन्त्रणका सामग्रीहरु वितरण गरेको छ । 

मंगलबार एक कार्यक्रमको अवसरमा वन कार्यालयले सुरक्षा निकायहरुलाई अग्नि नियन्त्रणका सामग्रीहरु वितरण गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतम र काभ्रेकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संयुक्त रुपमा दुईवटै सुरक्षा निकायलाई पिग, फायर स्वाटर, फरुवा, हेलमेट, साबेल, कोदालोलगायत ११ थरीका अग्नि नियन्त्रणका सामग्रीहरु वितरण गरेका हुन् ।

आगलागी तथा डढेलोको समयमा उद्धारका सामग्रीसहित सुरक्षाकर्मीहरु तयारी अवस्थामा रहनुपर्ने भएकाले अग्नि नियन्त्रणका लागि प्रयोग हुने सामग्रीहरु वितरण गरिएको जिल्ला डिभिजन वन कार्यालय काभ्रेका प्रमुख शिव सापकोटाले बताए । उनका अनुसार जिल्लामा वन डढेलको घटनाहरु बढ्दै गएको अवस्थामा यस प्रकारका सामग्रीले समयमै अग्नि नियन्त्रणमा सहयोग हुनेछ ।

जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेको आयोजना र सशस्त्र प्रहरी बलल नेपाल गण नं १५ हे।क्वाको प्राविधिक सहयोगमा मंगलबार पाँचखाल नगरपालिका ४ स्थित खेलमैदानमा भूकम्पपछिको खोज र उद्धार अभ्यास सञ्चालन गरिएको हो । 

कार्यक्रममा भूकम्पबाट कसरी जोगिने र भूकम्पमा परेका व्यक्तिहरुको कसरी उद्धार गर्ने, कसरी सुरक्षित स्थानमा बस्ने, विपदमा सुरक्षाकर्मीहरुको तयारी अवस्थालगायत विषयमा सशस्त्र प्रहरीको टोलीले अभ्यास प्रस्तुत गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ