arrow

मिश्रको एकल कार्टुन प्रदर्शनी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ४ बिहिबार
ravi-mishra-cartoon-(13).jpg

काठमाडौँ । कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी शुरु भएको छ । नयाँ बानेश्वरको एनबी सेन्टरस्थित उमोजा कफीमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएका छन् ।

 ‘डिपिक्सन’ नाम दिइएको प्रदर्शनीमा मिश्रका ३५ वटा कार्टुन राखिएका छन् । १७ वर्षदेखि कार्टुन बनाइरहेका मिश्रले ३ हजार भन्दा धेरै कार्टुन बनाइसकेका छन् । 

कार्टुनलाई समाजसँग अन्तरक्रिया गर्ने सशक्त माध्यमका रुपमा लिएका मिश्रले समाजमा आफूले देखेका दृश्य कार्टुनमा उतार्ने गरेको बताए । 

उनले भने, ‘वर्तमानमा मैले देखेको समाजको दृश्य कोर्छु कार्टुनमा । यो प्रदर्शनी मैले देखेको समाजको चित्र हो ।’ 

प्रदर्शनीमा मिश्रले पछिल्लो ५ वर्षमा बनाएका कार्टुन राखिएका छन् । पछिल्लो ५ वर्षका सामाजिक, राजनीतिक घटनाक्रममाथि व्यंग्य कसिएका कार्टुन प्रदर्शनीमा राखिएका छन् । 

कार्टुनलाई एकतर्फी सञ्चार मात्र नभई संवादका रुपमा स्थापित गर्न कार्टुन प्रदर्शनी गरिएको मिश्रले बताए । 

उनी भ्नछन्, ‘कार्टुनलाई सञ्चार मात्रै नभएर संवाद पनि बनाउन प्रदर्शनी आवश्यक हुँदो रहेछ । तपाईंसँग पत्रिकाको माध्यमबाट एकोहोरो संवाद गरिरहेको म यो प्रदर्शनीमार्फत दोहोरो संवाद गर्न आईपुगेको छु ।’ 

मिश्र कार्टुनिष्ट क्लब अफ नेपालका महासचिवसमेत हुन् । 

ravi-mishra-cartoon (1).jpg
ravi-mishra-cartoon (2).jpg
ravi-mishra-cartoon (3).jpg
ravi-mishra-cartoon (4).jpg
ravi-mishra-cartoon (5).jpg
ravi-mishra-cartoon (6).jpg
ravi-mishra-cartoon (7).jpg
ravi-mishra-cartoon (8).jpg
ravi-mishra-cartoon (9).jpg
ravi-mishra-cartoon (10).jpg
ravi-mishra-cartoon (11).jpg
ravi-mishra-cartoon (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ