arrow

क्लिन्टनको दाबी : आफू पराजित हुनुमा एफबीआई निर्देशकको हात

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
clinton-taja-bahas.jpeg

अमेरिकाको नयाँ राष्ट्रपति पदमा पराजित डेमोक्रेटिक हिलारी क्लिन्टनले हालैको अप्रत्याशित पराजय पछाडि त्यहाको संघीय जाँच ब्युरो ‘एफबीआई’ का निर्देशक जेम्स कोमी प्रमुख कारण रहेको औल्याएकी छन् । राष्ट्रपति निर्वाचनको तीन दिनअघि निर्देशक कोमीले क्लिन्टनका इमेलहरुबारे एफबीआईले अनुसन्धान गर्दा त्यसमा क्लिन्टनको कुनै गल्ती नरहेको बताएको थियो । 

क्लिन्टनले आफ्ना ठूला दाताहरुसँग टेलिफोनमा कुराकानी गरेको र उक्त कुरा मिडियामा खुलासा भएको बीबीसीले जनाएको छ । क्लिन्टनले आफ्नो हारमा एफबीआई निर्देशक कोमीलाई दोष लगाएको समेत बताइएको छ । 
 
अमेरिकी नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध जारी प्रदर्शको चौथो दिन पनि न्यूयोर्क, सिकागो लगायत केही सहरहरुमा प्रदर्शनकारीहरुले विरोध गरिरहेका छन् । विरोध प्रदर्शनको पहिलो र दोस्रो दिनले निकै उग्र रुप लिएको थियो । 
 
राष्ट्रपति निर्वाचनमा पराजित भएको पहिलो दिन केही नबोलेकी क्लिन्टन विस्तारै आफ्नो हारको कारण खोल्दै गएकी छन् । क्लिन्टनलाई पराजित गर्दै ट्रम्प गत बुधबार अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ