arrow

राजधानीमा १७५ बन्दकर्ता पक्राउ, प्रहरी नियन्त्रणपछि थरी–थरीका सेल्फि

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
bandakarta-ko-selfee.jpeg

काठमाडौं । नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका पोलिटव्युरो सदस्यसहित एक सय ७५ जना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्ने मध्ये १८ महिला एक सय ५७ पुरुष रहेका छन् ।

यो संख्या काठमाडौं उपत्यकाको मात्रै हो । देश अन्य भागमा समेत कयौं कार्यकर्ता पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरका मिडिया रिलेशन अफिसर्स प्रद्युम्न कार्कीले हाम्राकुरालाई भने, ‘अन्य घटना भएका छैनन् । राजधानीमा सवारी पातलै चलेको छ । आगजनी तोडफोडका घटना भएका छैनन् ।’

आइतबार बिहान पोलिटव्यूरो सदस्य ओमप्रकाश पुन समेत रत्नपार्कबाट पक्राउ परे । पुन जनकपुर इन्चार्ज समेत हुन् । पक्राउ परेपछि पुनले फेसबुकमा अन्य साथीहरुसहित आफ्नो तस्वीर पनि सेयर गरेका छन् । उनीहरुको तस्वीरमा बन्दकर्ताको गाम्भीर्यता भने छैन । पछिल्लो समय विकसित भएको सेल्फि टेन्ड्सले पक्राउ परेका बन्द कर्तालाई पनि छोएको छ । उनीहरुले विभिन्न मुडका सेल्फि लिएका छन् ।

यसैगरी कोटेश्वरबाट राष्ट्रिय युवा जनस्वयमसेवक व्यूरोका अध्यक्ष झकबहादुर मल्ल(सुदीप)सहित ७ जना र कलंकीबाट अखिल क्रान्तिकारीका अध्यक्ष पुर्ण सिंह पक्राउ परे । कलंकीबाट विद्यार्थीका उपाध्यक्ष लालबहादुर तामाङ र महासचिव दिपेन्द्र चलाउने पनि पक्राउ परे ।
यसैगरी बालाजुबाट चन्द्र बुढासहितका विद्यार्थी नेताहरु पक्राउ परे ।

कलंकीबाट सरोज भण्डारी, कृष्ण शाही, महेन्द्र तामाङ, सुर्य भुजेल, जीबन लामालगायत पनि पक्राउ परे । यस्तै, शनिबार राति जनगणतान्त्रिक सम्पर्क मञ्चका संचार प्रमुख झनक श्रेष्ठ बागबजार कार्यालयबाटै पक्राउ परे ।

शनिबार राति करिब ११ बजे कलंकीस्थित होटल एडभेन्चरमा छापा मारेर प्रहरीले जीबन लामासहित ९ जनालाई पक्राउ गरेको बताइएको छ । नेत्रविक्रम समूहले खाद्य सम्प्रभुतासँग सम्बन्धित विभिन्न मागहरु राखेर नेपाल बन्द आह्वान गरेको हो ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ