arrow

तीन हजार माइलको पैदल यात्रामा लागे कटुवाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
sujan-katuwal-uk.jpg
तस्बिर – वरिष्ठ अभिनेत्री जोआना लुम्लीसँग सुजन कटुवाल ।

बेलायत । बेलायतमा एक नेपाली व्यवसायी सुजन कटुवालले समाजसेवाका लागि परोपकार संस्थामा कोष जम्मा गर्न तीन हजार माइल पैदल यात्रा शुरु गरेका छन् । 

साउथ लन्डनस्थित पानस रेष्टुरेन्टका सञ्चालक कटुवालले गत मंगलबार बिहान लन्डनस्थित नेपाली दूतावासबाट पैदल यात्रा थालेका हुन् । 

पैदल यात्रा शुरु गर्नुअघि कटुवाललाई दूतावासमा राजदूत ज्ञानचन्द्र आचार्य र भूतपूर्व गोर्खाहरुलाई बेलायतको आवासीय अधिकार दिलाउन प्रमुख भूमिका निर्वाह गरेकी वरिष्ठ अभिनेत्री जोआना लुम्लीले शुभकामना दिएका थिए ।

परोपकारी संस्था ‘कम्ब्याट स्ट्रेस’ को सहयोगार्थ कटुवालले लन्डनका प्रत्येक ३२ बरोमा पुगेर उक्त यात्रा पूरा गर्ने जनाइएको छ । 

यो यात्रा सहज भने छैन । उनले दुई सय ५० दिनभित्र यात्रा पूरा गर्ने सोच बनाएको बताएका छन् । उनले दैनिक १३ माइल २३० दिनसम्म हिँड्ने पनि उल्लेख गरेका छन् । कम्ब्याट स्ट्रेसले बेलायती सैनिक भेट्रानहरुलाई मानसिक स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । 

कटवालले यसअघि पनि गोर्खा च्यारिटीका लागि तीन हजार माइल हिँडिसकेको बताएका छन् । उनले विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि लागेको लकडाउनका बेला एक लाख भन्दा बढी स्वास्थ्यकर्मी तथा घरविहीन मानिसलाई निःशुल्क खाना उपलब्ध गराएर सिटी अफ लन्डनबाट ‘फ्रिडम अफ द सिटी अफ लन्डन’ अवार्डसमेत पाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ