arrow

उच्च शिक्षा अध्ययनको विषय राज्यको प्राथमिकतामा परेन [भिडियो]

विश्वविद्यालयलाई राजनीतिक भागबन्डाका आधारमा अगाडि बढाउनु हुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
pradeep-poudel.jpg

काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विश्व विद्यालयलाई राजनीतिक भागबन्डाका आधारमा चलाउनु नहुने बताएका छन् । शुक्रबार नेपाल विद्यार्थी सङ्घले काठमाडौँमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन् । 

उनले विश्व विद्यालय कुनै राजनीतिक दलको भागबन्डाको आधारमा चलाउनु गलत भएको बताए । उनले विश्व विद्यालयको स्वच्छ प्रतिस्पर्धाको आधारमा सरकारले नियुक्त गर्नुपर्नेमा जोड दिए। उनले विश्वविद्यालयको वर्तमान अवस्थालाई सम्हाल्न सक्ने र बुझ् नसक्ने एवं विश्वविद्यालयमा सुशासन कायम राख्न सक्ने व्यक्तिलाई सरकारले छनोट गर्न आवश्यक रहेको बताए । 

नेता पौडेलले उच्च शिक्षा अध्ययनको विषय राज्यको प्राथमिकतामा पर्न छोडेको भन्दै बताए । उनले नेपाललाई कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हो ? भन्ने विषयमा सरकार स्पष्ट हुन आवश्यक रहेको बताए । 

उनले नेपाली समाजलाई कस्तो बनाउने भन्नेमा समेत सरकार प्रस्ट नभएको बताए । उनले अमेरिकामा अध्ययन र अनुसन्धानको लागि कुल बजेटको ७ प्रतिशत छुटाउने गरेको उदाहराण् दिँदै नेपालले अध्ययन र अनुसन्धानको निम्ति १ प्रतिशत पनि बजेट नछुट्याएको गुनासो गरे । उनले अध्ययन र अनुसन्धान सरकारको प्राथमिकतामा नपरेको बताए । उनले अनुसन्धान विश्व विद्यालय उच्च शिक्षासँग जोडिएको पनि बताए ।

उनले भने,‘विश्वविद्यालयलाई राजनीतिक भागबन्डाका आधारमा अगाडि बढाउनु हुँदैन । विश्व विद्यालय कसले राम्रोसँग अगाडि बढाउन सक्छ । विश्व विद्यालयमा सुशासन कसले कायम राख्न सक्छ त्यसका आधारमा विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नुपर्छ । उच्च शिक्षा अध्ययनको विषय नै राज्यको प्राथमिकतामा पर्दैन भने देशले उन्नति गर्न सक्दैन । नेपाललाई आवश्यक पर्ने कुन क्षेत्रको जनशक्ति कति हो त्यसको बारेमा पनि सरकार प्रस्ट छैन । नेपाली समाजलाई कस्तो बनाउन खोजिएको हो त्यसको बारेमा पनि प्रस्ट छैनौँ । पूर्वाधारको कसरी प्रयोग गर्ने र पूर्वाधार प्रयोग गर्ने दक्ष जनशक्ति कसरी उत्पादन गर्ने विषयमा पनि प्रस्ट छैनौँ । नेपालको तत्कालीन समस्या हल गर्नका निम्ति कस्तो जनशक्ति तयार गर्नुपर्छ भन्ने बारेमा पनि प्रस्ट छैनौँ । अमेरिकामा अध्ययन र अनुसन्धानको लागि कुल बजेटको ७ प्रतिशत छुटाएको थियो । हाम्रो देशमा सरकारले अध्ययन र अनुसन्धानको निम्ति १ प्रतिशत बजेट पनि छुटाएको हुँदैन । अध्ययन र अनुसन्धान पनि सरकारको प्राथमिकतामा परेको छैन । अनुसन्धान विश्व विद्यालय उच्च शिक्षासँग जोडिएको हुन्छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गराउने नेपालले उच्च शिक्षा दिइरहेको हो भने त्यहीअनुसार बुझ्नु परो । नेपालमा उपयोगी नागरिक उत्पादन गर्न सरकारले उच्च शिक्षा दिइरहेको हो भने हाम्रो उच्च शिक्षा नेपाली मौलिकतासँग कहाँ जोडिएको छ । मुलुकको स्रोत र आर्थिक समृद्धिसँग कहाँ जोडिएको छ । हाम्रो स्रोतलाई चिनाउन नसक्ने विश्व विद्यालयको शिक्षाले सरकारको स्रोत उपयोग गर्न सक्ने नागरिक प्राप्त गर्नसक्छौं । नेपालको लागि आवश्यक डाक्टर,इन्जिनियर,अर्थशास्त्री लगायत देशको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने दायित्व कसको हो ।उच्च शिक्षाले मात्रै देशलाई आवश्यक जनशक्ति प्राप्त हुनसक्छ । त्यो राज्यको दायित्व हो । उच्च शिक्षा औपचारिक मात्रै हुन्छ भन्ने छैन । हरेक मानिसको सीप विश्व विद्यालयको डिग्रीसँग जोडिएन ।’

उनले सरकारले दिएको शिक्षा मुलुकको स्रोत र आर्थिक समृद्धिसँग नजोडिएको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ