arrow

एसियन कप फुटबलः इराकसँग जापान पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
asian-cup-jpn-iraq-2024-AFP.jpg

काठमाडौँ । एसियन कप फुटबलमा इराकले जापानमाथि रोमाञ्चक जित हासिल गरेको छ । शुक्रबार सम्पन्न समूह डी अन्तर्गतको खेलमा इराकले जापानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

फिफा वरियतामा ६३ औँ स्थानमा रहेको इराकले हाल १७ औँ स्थानमा रहेको जापानलाई स्तब्ध बनाएको हो । इराकको जितमा आइमेन हुसैनले दुवै गोल गरेका थिए भने जापानका लागि खेलको ९३ औँ मिनेटमा वाटारु एन्डोले एक गोल फर्काएका थिए ।

यो जारी प्रतियोगितामा इराकको लगातार दोस्रो जित हो । समूह डीमा २ खेलमा ६ अंक हासिल गरेको इराक शीर्ष स्थानमा रहेको छ । त्यस्तै जापानको भने २ खेलमा ३ अंक रहेको छ ।

अब समुह चरणको अन्तिम खेलमा जापानले आगामी बुधबार इन्डोनेसियाको सामना गर्ने छ भने इराकले भियतनामको सामना गर्ने छ ।
    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ