arrow

गोकर्ण रिसोर्टमा गठबन्धनका उम्मेदवार र मतदाताबीच परिचय आदानप्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ६ शनिबार
leaders-bagmati-2080-10-06.jpg

काठमाडौँ । आगामी माघ ११ गते राष्ट्रिय सभामा रिक्त १९ पदका लागि मतदान हुँदै गर्दा मत माग्न उम्मेदवारहरुबीच रस्साकस्सी चलिरहेको छ ।सोही क्रममा विभिन्न प्रदेशमा सत्ताधारी गठबन्धन र विपक्षका उम्मेदवारहरुले मत माग्ने क्रम चलिरहेको छ । गठबन्धनले एक मत पनि खेर नआओस् भनेर सातै प्रदेशमा सामूहिक कार्यक्रम गरेको छ । 

सो क्रममा शनिबार बिहान बागमती प्रदेशका सत्तागठबन्धनका उम्मेदवार र मतदाताबीच गोकर्ण रिसोर्टमा परिचयात्मक कार्यक्रम भएको छ । 

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले गठबन्धन दलको राष्ट्रिय सभाको संयुक्त उम्मेदवारीको परिचयात्मक कार्यक्रम भएको बताए । 

उनले उम्मेदवार र मतदाताबीचको चिनजानलाई गाढा बनाएर एक मत पनि खेर नजाने गरी माहोल बनाउने काम भइरहेको बताए । 

उनले स्थानीय तहदेखि प्रदेश र संघीय सांसदहरुसमेत रहेर एक अर्काबीचको सम्बन्ध बढाउने काम भएको बताए । 

विपक्षले कसरी सत्ता गठबन्धनका भोट काट्न सकिन्छ भनेर प्रयत्न गरिरहेको सन्दर्भमा सत्ता गठबन्धन दलहरु भने सचेत देखिएका छन् । 

सत्ता गठबन्धनबाट १९ मध्ये १० सिट कांग्रेसले, ६ सिट माओवादीले, २ सिट नेकपा एसले र १ सिट जसपाले लिएको छ । भोट खेर जान नदिन मतदातालाई प्रशिक्षण दिने काम पनि हुने नेताहरुले बताएका छन् । 

उम्मेदवार नभए पनि सत्ता गठबन्धनमा जोडिएका अन्य दलहरुले पनि सक्रियतापूर्वक गठबन्धनलाई नै जिताउने गरी प्रचारप्रसार गरेका छन् । 

विशेष गरी प्रमुख प्रतिपक्ष एमालेले मत काट्न पाइयो भने केही सिट जित्न सकिने अपेक्षा राखेको छ ।  एमालेले सबै १९ सिटमै उम्मेदवार खडा गरेको छ । 

१९ पदका लागि ५१ जनाको उम्मेदवारी परेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ