arrow

गोविन्द केसीले भने– डिन नियुक्ति मलाई मञ्जुर छैन, अनसन सुरु भो भन्नुस्

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
govinda-k-c.jpg.jpeg

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारका लागि पटक–पटक सघर्ष गर्दै आएका प्राध्यापक डक्टर गोविन्द केसीले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिन नियुक्ति आफुलाई कुनै हालतमा मञ्जुर नहुने बताएका छन् ।

हाम्राकुरासँग केसीले भने, ‘सबै भन्दा बरिष्ठ नियुक्त हुने रोल क्रम नै मिचिएको छ । कसरी मान्य हुन्छ । यसमा हेर्नुस् मेरो पुरानै अडान हो । नयाँ मैले केही पनि भनेको छैन ।

पहिले राजनीतिक भागवण्डाका आधारमा हुने नियुक्तिलाई हामीले गरेको संघर्षले परास्त गरेपछि सम्झौता अनुसार नै सबै भन्दा बरिष्ठलाई नियुक्त गर्न थालियो । केसीले थपे, ‘कुमुद कुमार काफ्ले, राकेश श्रीवास्तव त्यसै अनुरुप बरिष्ठताका आधारमा नियुक्त हुनु भएको थियो । अहिलेको डिन नियुक्ति मलाई मञ्जुर छैन ।’

डिन नियुक्त भएका प्राध्यापक डक्टर केशवप्रसाद सिंह प्राध्यापक भएको धेरै नभएको केसीले बताए । सिफारिस भएका मध्ये बरिष्ठ को ? भन्दा केसीले उहाँहरु मध्ये कोही न कोही त होला नी भने ।

आइतबार मात्रै त्रिविका उपकुलपति तीर्थ खनियाँले सिंहलाई पत्र बुझ्ने गरी डिन नियुक्त गरिएको जानकारी दिएका छन् । त्रिवि उपकुलपति कार्यालयले नौ महिनापछि सिंहलाई डिन नियुक्त गरेको हो । डिन सर्च कमिटीले प्राध्यापक  डक्टर जगदीशप्रसाद अग्रवाल, प्राध्यापक डक्टर केपी सिंह र प्राध्यापक डक्टर ज्योति शर्माको नाम डिनका लागि सिफारिस गरेको थियो ।

विसं २०४५ मङ्सिर ८ गते आइओएममा नियुक्त भएका सिंहले चार वर्षअघि त्रिवि शिक्षण अस्पतालको निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।  चिकित्सा शिक्षा सुधार र विकृतिविरुद्ध नौ पटक सम्म अनशन बसिसकेका प्राध्यापक डक्टर केसीले भने आइओएमको डिन नियुक्ति बरिष्ठताका आधार नभएकाले यसलाई नसच्याए अपराह्न ४ बजेदेखि अनशन सुरु गरिने चेतावनी दिएका छन् ।

केसीले गत बुधबार र शनिबार विज्ञप्ति जारी गर्दै आइओएमको डिन नियुक्ति बरिष्ठता आधारमा गर्न २४ घन्टाको समयावधि दिएका थिए ।

अब फेरि अनसन
संघर्षरत डक्टर केसीले वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने आफ्नो माग यथावत् रहेकाले सो नसच्याए आफूलाई मान्य नहुने बताए । केसीले भने, ‘हो अपरान्ह पत्रकार सम्मेलन गरेर असन बस्ने नै हो । मैले कसैलाई व्यक्तिगत फाइदाका लागि नभई सिङ्गो चिकित्सा शिक्षाका लागि सिस्टममा चल्नुपर्ने मान्यताअनुसार नै वरिष्ठताका आधारमा डिन नियुक्ति हुनुपर्ने माग अघि सार्दै आएको छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ