arrow

बनेपामा बन्यो १२ करोडको लगानीमा इभेन्ट म्यानेजमेन्ट भेन्यु

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० माघ ६ शनिबार
lotus-event-management-banepa.jpeg

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ७ मा १२ करोडको लगानीमा इभेन्ट म्यानेजमेन्ट भेन्यु बनेको छ । जिल्लाकै सबैभन्दा ठूलो यो भेन्यु लोटस इभेन्ट एण्ड रिसेप्सन प्रालीको हो । 

सञ्चालकले शुक्रबार पत्रकार सम्मेलन गरी यस लोटस इभेन्टको बारेमा जानकारी गराएका छन् । यसलाई जिल्लाकै एक उत्कृष्ट, गुणस्तरीय इभेन्ट, सभासम्मेलन, गोष्ठी, मेलाजस्ता कार्यक्रम आयोजना गर्ने उपयुक्त गन्तव्य बनाउने उद्देश्यले स्थापना गरिएको दाबी गरिएको छ । 

करिब ९ रोपनी क्षेत्रफलमा नेपाली मौलिक कलासंस्कृति झल्कने १० हजार वर्गफिटको सुविधा सम्पन्न हल तथा सबै संरचनाहरु भूकम्प प्रतिरोधी, विधि तथा प्रविधिबाट तयार गरिएको दाबी गरिएको छ । 

एकै समयमा २५ सय जनालाई सेवा उपलब्ध गराउन सक्ने भौतिक संरचना रहेको सञ्चालकको भनाइ छ । यस भेन्युमा एकैसाथ १०० वटा कार तथा जीप र २०० वटा मोटरसाइकल पार्किङ्ग क्षमता रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ