arrow

दार्चुलामा आत्महत्या र भीरबाट लडी मृत्यु हुने घटना धेरै

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०८० माघ ६ शनिबार
darchula-suicide-rate-high.jpg

दार्चुला । विभिन्न प्रकृतिका घटनामा परी मानिसको ज्यान जाने गर्छ तर दार्चुलामा भने आत्महत्या र भीरबाट लडेर धेरै मानिसको अकालमै ज्यान जाने गरेको छ ।  

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पछिल्लो तीन वर्षको अवधिमा ३४ जनाको भीरबाट लडेर मृत्यु भएको छ । आर्थिक वर्ष २०७८–०७९ मा १० जना, २०७९–०८० मा १५ जना र चालु आर्थिक वर्षको हालसम्म नौ जनाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

यस्तै आर्थिक वर्ष २०७८–०७९ देखि हालसम्म ५९ जनाले दार्चुलामा आत्महत्या गरेका छन् । आत्महत्यामा पनि झुण्डिएर आत्महत्या गर्ने दर अधिक रहेको छ । 

दार्चुलाको त्रि–वर्षीय घटना विवरण हेर्दा जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७८–०७९ मा २३ वटा आत्महत्याका घटना दर्ता भएका छन् भने आर्थिक वर्ष २०७९–०८० मा त्यो संख्या बढेर २७ पुगेको छ । 

यस्तै चालु आर्थिक वर्षको हालसम्म नौ वटा आत्महत्याका घटना दर्ता भएका छन् । त्रि–वर्षीय घटना विवरणअनुसार झुण्डिएर ५३ जना, विष सेवन गरेर ५ जना र आगो लगाएर १ जनाको मृत्यु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ