arrow

पाकिस्तानको कुजदारमा आत्माघाती हमला, ५२ जनाको मृत्यु, सय बढी घाइते

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
news-paka.jpeg

एजेन्सी । पाकिस्तानको हिमाली क्षेत्रस्थित कुजदार जिल्लामा आत्मघाती हमला हुँदा कम्तीमा पनि ५२ जनाको मृत्यु भएको छ । धार्मिकस्थल नजिक शनिबार साँझ भएको सो हमलामा सय भन्दा बढी घाइते भएको पाकिस्तानी संचार माध्यमले जनाएका छन् ।

एएफपीको रिपोर्ट अनुसार सो हमलाको विद्रोही समूह स्लामिक स्टेट आईएसले जिम्मा लिएको  छ । उक्त धार्मिक स्थलमा हरेक शनिबार एक हजार देखि १५ सयको संख्यामा मानिसहरु आउने गरेका छन् ।

घटनास्थल निकै दुर्गम र मोबाइल सेवा कमजोर भएकाले उद्दार कार्यमा निकै कठिनाइ भएको उद्दारकर्मीले जनाएका छन् । घाइतेहरुको जम घुलाम क्वादिर सिभिल अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये केहीको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । शनिबार रातिसम्ममा १२ वटा शव अस्पतालमा लगिएको थियो ।

पछिल्लो समय पाकिस्तानमा आतंकवादी समूहले घातक हमला गर्दै आएको छ । जसमा सयौंको संख्यामा मानिसहरुले ज्यान गुमाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ