arrow

१० केजी चरेस सहित दुईजना पक्राउ

logo
प्रेम रौले,
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
bajurachareshs.jpeg
बाजुरा । बाजुरामा शनिबार राति १० केजी चरेस सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला जिल्ला सितोला गाविसका २८ वर्षीय केशव सिंह धामी र बाजुरा जिल्ला दहकोट गाविस २ बस्ने राजेन्द्र बहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख हरिहर सुनुवारले बताएका छन् । 
 
रातीको समयमा पहेलो झोलामा नौ केजी नौ सय ग्रामको चरेस सहित तौलिन तयारी रहेको अवस्थामा ढक र टेप सहित पक्राउ गरेको उनले बताए । चरेसको सामानसहित लागू औषध ओसार पसारमा संलग्न दुईजनालाई आज विहान  जिल्ला प्रहरी कार्यालय बजुराले पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको छ । 
 
प्रहरी निरिक्षक हरिहर सुनुवारले अभियुक्तलाई सार्वजनिक गर्दै भने, ‘बडिमालिका नगरपालिका वडा नं. १२ गैरीबजारबाट शनिबार राति १० बजे प्रहरीको गस्ती टोलीले पक्राउ गरिएको हो । उनीहरुलाई सदरमुकाम मार्तडीको बानियां होटेलको एक नंवर कोठाबाट प्रहरीले नियन्त्रणमा लिएर आवस्यक अनुसन्धान गरिरहेको जनाएको छ ।‘
 
प्रहरीले दिएको जानकारी आनुसार बाजुराको चोलु, भुलेना, र टांणीबाट गाँजा संकलन गरेको अभियुक्त धामीबाट खुल्न आएको बताइएको छ । थप अनुसन्धानका लागि तीन जनालाई कोल्टी विमानस्थल सुरक्षा गार्डले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मार्तडीमा ल्याउन थालिएको निरिक्षक सुनुवारले जनाए । संकास्पद व्याक्तिलार्ई समाती सकेको तर नाम सार्वजनिक गर्न नमिल्ने निरिक्षक सुनुवारले बताए । दुईजनालाई थप अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ । 
 
अपराधमा संलग्नलाई लागू औषध ऐन २०३३ अनुसार कारवाही गरिने बताइएको छ । ९० दिन सम्म हिरासतमा राखेर सरकारी वकिल मार्फत अभियुक्तलार्ई अदालतमा पेश गरिने छ । अभियुक्तबाट वयान लिएको १५ दिन भित्र जिल्ला प्रशासन, स्थानीय पञ्जीकाधिकारी र अदालतको प्रतिनीधिको रोहवरमा गाँजा नष्ट गरिने प्रहरीले जनाएको छ । 
 
अभियुक्त बोहरालाई गाँजा ओसार गरेवापत १५ हजार पैसा पाउने प्रलोभनमा पारी सामान ओसार पसार गर्न लागाको जनाइएको छ । अभियुक्त धामी भने गाँजाकै ब्यापारी हुनसक्ने अनुमान गरिएको छ । विगत एक वर्ष देखि धामी कहिले प्रहरीको जस्तै कपाल बनाएर हिड्ने त कहिले अन्य भेषभुषामा सदरमुकाम मार्तडीमा बस्दै आएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ