arrow

छथर क्षेत्रका ऐतिहासिक स्थलहरु ओझेलमा

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
Terhathum-hamrakura.jpg.jpeg
तेह्रथुम । पुर्बी लिम्बुवानको छथर क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरु संरक्षणको लागि आवश्यक चासो नदिइँदा ओझेलमा परेका छन् । तेह्रथुम र धनकुटामा पर्ने ऐतिहासिक छथर क्षेत्रमा रहेका पर्यटकीय सम्भावना बोकेका ठाउँहरु आवश्यक संरक्षण, सम्बर्धन र प्रचार प्रसारको अभावमा रहेका छन् । 
यस क्षेत्रमा रहेका ऐतिहासिक गढीहरु, समाधी स्थलका साथै पर्यटकीय सम्भावना बोकेका स्थलहरुको संरक्षणकालागि सरोकारवालाहरुको ध्यान जान सकेको छैन । संरक्षणमा कसैले चासो नदिँदा ऐतिहासिक पहिचान बोकेका ठाउँहरु हराउँदै गएको साँवा बंश उत्थान संरक्षण समितिका अध्यक्ष दिल पाक्सावाले बताए । 
 
प्राकृतिक सुन्दरताले भरिएको यस क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरु छथरकै धरोहर मार्गापोखरी, लिम्बुवानको ऐतिहासिक राजधानी ताक्लुङ गडी, साँवा लिम्बुहरुको माङगेना यक, चाङसिङ गडी, कुकुर छिर्ने गुफा, च्याङलुङ गुफा, खजुम लिम्बुहरुको यक, चाम्खासिङ यक, थोक्लेन आङला तुम्बाहाम्फे लिम्बुहरुको यक तामालिङ चिम्लीङ यक, लिम्बु समुदायमै लोप हुन लागेका जाति खादीहरुको यक फुलिलुङ यक लगायतको संरक्षण हुन सकेको छैन । 
 
यस्तै यहाँका मठ मन्दिर र ताल पोखरीहरुको नामै हराउन थालेको छ । हजारौं बर्ष पुराना पुरातात्विक तथा ऐतिहासिक स्थलहरुको संरक्षणमा यहाँका स्थानीयहरुको ध्यान जान नसकेकाले इतिहासबाटै मेटिने कुरामा दुईमत छैन । यहाँका सरोकारवाला वर्ग तथा स्थानीयहरुको ध्यान नपुग्दा कतिपय ऐतिहासिक स्थलहरु सामुदायिक, निजी तथा कबुलियती वनका साथै निजी जग्गामा सिमित बन्न पुगेका छन । 
 
छथर तेह्रथुम र धनकुटाका करिब १० गाविसहरुको ऐतिहासिक एउटा नाम हो । तर यो क्षेत्र अहिले विभाजित छ । यो क्षेत्रका सात गाविसहरु तेह्रथुममा पर्छन् भने बाँकी धनकुटामा पर्दछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ