arrow

वीपी–गणेशमानका नातीलाई यसरी स्थापित गराइँदैछ तरुण दलमा

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
siddhartha-prabhasman.jpeg

काठमाडौं । काँग्रेसको राजनीतिमा परिवारको साख बचाउने प्रयास तरुण दलको महाधिवेशनमा पनि हुन लागेको छ । पोखरामा जारी तरुण दलको चौथो महाधिवेशनमा पार्टी नेतृत्व पंक्ति वीपीका नाती र गशेणमानका नातीलाई स्थापित गर्न प्रयत्न गरिरहेको बुझिएको छ ।

वीपीका नाती सिद्धार्थ कोइराला र गणेशमानका नाती प्रभासमानसिंहलाई पार्टी राजनीतिमा ल्याउन समूह समायोजन र सर्वसम्मतको अभ्यास भइरहेको बताइँदैछ ।

जहाँ सिद्धार्थलाई महामन्त्री र प्रभासलाई कोषाध्यक्ष बनाउने सम्मको चर्चा छ । उनीहरुलाई नेतृत्वमा स्थापित गराउनेमा अन्योल रहेको एक पंक्तिले बताइरहेको छ । यद्यपि, पार्टी नेतृत्वलाई परिवारको राजनीतिको प्रभाव पार्नेहरु लागि परेका छन् ।

विधान संशोधन गरेर भएपनि उपध्यक्ष र महामन्त्री पद थप्ने प्रयास भइरहेको छ । राणा शासन विरुद्ध आम नागरिकलाई गोलबन्द गर्दै प्रजातन्त्र प्राप्तिका लागि तत्कालिन नेताहरुले गठन गरेको काँग्रेसमा अब उनीहरुकै नाती पुस्ता प्रवेश गर्ने छ ।

यो पनि पढ्न नछुटाउनुस् :  वीपी र गणेशमानका नातीहरु तरुण दलमा भिड्दै



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ