arrow

राम मन्दिरमा भगवान रामको नयाँ मूर्तिको प्राण प्रतिष्ठा गरिएपछि के हुन्छ पुरानो मूर्ति ?  

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ८ सोमबार
ram-mandir-ram-2024-01-22.jpeg

अयोध्या । भारतको अयोध्यामा राम मन्दिरको आज प्राण प्रतिष्ठा हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरमा रामको नयाँ मूर्तिको गर्भगृहमा पूजा गर्नेछन् । 

गर्भगृहमा रामको ५१ इन्चको नयाँ मूर्तिलाई आज अभिषेक गरिनेछ । त्यसैगरी यस्तो अवस्थामा भक्तजनको मनमा प्रश्न उठ्छ कि पुरानो मूर्तिको के होला ? जसको जवाफ राम मन्दिर ट्रस्टले दिएको छ ।

 श्रीराम जन्मभूमि तीर्थ क्षेत्र कोषका कोषाध्यक्ष गोविन्ददेव गिरीले अस्थायी मन्दिरमा राखिएको रामललाको पुरानो मूर्तिलाई नयाँ मूर्तिको अगाडि राखिने जानकारी दिएका छन् । जसलाई पनि आजै मन्दिरमा अभिषेक गरिनेछ ।

गत हप्ता राम मन्दिरको गर्भगृहमा रामललाको ५१ इन्चको मूर्ति राखिएको थियो । रामका तीन ओटा मुर्ति तयार पारियो । जसमध्ये मैसूरका मूर्तिकार अरुण योगिराजले बनाएको मूर्तिलाई अभिषेकका लागि छनोट गरिएको थियो। 

अन्य दुई मूर्तिको प्रश्नमा श्री राम जन्मभूमि तीर्थ क्षेत्र कोषका कोषाध्यक्षले भने,  ‘बाँकी दुई मुर्तिलाई पूर्ण सम्मान र सम्मानका साथ मन्दिरमा राख्नेछौँ । एउटा मूर्ति हामीसँग राखिनेछ ।’

रामललाको पुरानो मूर्तिबारे उनले भने,  ‘रामललाको नयाँ मूर्ति अगाडि राखिनेछ । मूल मूर्ति धेरै महत्त्वपूर्ण छ। यसको उचाइ ५ देखि ६ इन्च मात्रै छ, जसलाई २५ देखि ३० फिटको दूरीबाट देख्न सकिँदैन। त्यसकारण हामीलाई ठूलो मूर्ति चाहिएको हो ।’

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको आज प्राण प्रतिष्ठा हुँदैछ । हजारौँ हिन्दूधर्मीहरु अयोध्यामा पुगिसकेका छन् । 

स्थानीय समयअनुसार बिहान ५ बजेदेखि नै मन्दिरको ढोका खुलेको छ । बिहान १० बजेदेखि मंगल ध्वनि बज्न शुरु हुनेछ । नयाँँ मन्दिरमा भगवान् रामको प्राण प्रतिष्ठा हुन लागेको हो । 

आठ हजार भन्दा बढीलाई विशेष अतिथिका रुपमा निमन्त्रणा दिइएको थियो । करिब ५० देशका मानिसलाई विशेष अतिथिका रुपमा बोलाइएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहान १०ः२० बजे अयोध्या पुग्नेछन् । त्यस्तै पूर्व राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति वेंकैया नायडू, मुकेश–नीता अम्बानी, गौतम अदाणी, अमिताभ बच्चन, रजनीकान्त लगायतका अभिनेताहरुसमेत पुगिसकेका छन् । 

नरेन्द्र मोदीले मन्दिर बनाउने श्रमजीवीहरुसँग पनि कुराकानी गर्नेछन् । उनले कुबेर टीला गएर भगवान् शिवको पूजा गर्नेछन् । त्यस्तै साँझ दीप प्रज्वलित गरेर देशभर दिपावली मनाइने छ । 

यसअघि गत माघ २ गते १६ जनवरीदेखि प्राण प्रतिष्ठाको प्रक्रिया शुरु भएको थियो । विभिन्न अनुष्ठान चलिरहेको थियो । भगवान् रामको नया मूर्ति माघ ३ गते मन्दिर परिसरमा प्रवेश गराइएको थियो । 

गत वर्ष माघमा नेपालको कालीगण्डकीबाट राम मन्दिरका लागि दुई ओटा देवशीला अयोध्या लगिएको थियो । 

यस्तो छ अयोध्याको आजको कार्यक्रम–
विभिन्न राज्यका ५० भन्दा बढी वाद्ययन्त्रले बिहान १० बजेदेखि मंगल ध्वनि बजाउने छन् । 

१०ः३० बजे नरेन्द्र मोदी मन्दिर परिसरमा पुग्नेछन् ।

११ बजे अतिथिहरु पुग्नेछन् । 

बिहान ११ः३० बजे गर्भगृह पूजा हुनेछ । यो पूजा एक घण्टा चल्नेछ ।

१२ः२९ः०८ बजे शुभ मुहूर्तको क्षण हुनेछ । त्यो जम्मा ८४ सेकेन्डको हुनेछ । यो १२ः३०ः३२ बजेसम्म चल्नेछ । 

दिउँसो १२ः३० बजे मूख्य अतिथिहरुको भाषण हुनेछ । 

दिउँसो २ बजेदेखि ७ बजेसम्म अतिथिहरुले भगवान् रामको दर्शन गर्नेछन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ