arrow

न्यूजिल्याण्डमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
bhukampa-neziland.jpeg

एजेन्सी । न्यूजिल्याण्डको क्राइष्टचर्च नजिकै शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जिओलोजिकल सर्भे यूएसजीएसले भूकम्पको झट्का ७.४ रेक्टर स्केल मापन भएको जनाएको छ । क्राइष्टचर्चदेखि करिब ९५ किलोमिटर दुरीमा रहेको स्थानमा भूकम्प गएको हो ।

क्राइष्टचर्च लगायत ठूलो क्षेत्रमा उक्त भूकम्प महसुस गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । भूकम्पले कयौं घर र भौतिक संरचना भत्किएका बताइए पनि क्षतिको यकिन विरण आइसकेको छैन ।

सन् २०११ मा पनि क्राइष्टचर्चमै शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्पमा १ सय ८५ जनाको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ