arrow

अयोध्यामा कलाकारहरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ८ सोमबार
actors-aayodha-2024.jpg

काठमाडौँ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा भइरहेको छ । हजारौँ हिन्दूधर्मीहरु अयोध्यामा रहेका छन् । 

सो क्रममा भारतीय कलाकारहरु पनि अयोध्यामा पुगेका छन् । अभिनेता अमिताभ बच्चन पुत्र अभिषेक बच्चनका साथ अयोध्या पुगेका छन् । त्यसैगरी विकी कौशल, कटरिना कैफ, रणवीर कपूर, आलिया भट्ट, रोहित सेट्टी, अनुपम खेर, चिरञ्जीवी, राम चरण, कुमार विश्वास, अनिल कुम्बलेलगायत थुप्रै सेलिब्रिटीहरु अयोध्याको राम मन्दिरमा पुगेका छन् । 

अनुपम खेरले हिन्दू धर्ममा यस्तो माहोल यसअघि नदेखेको भन्दै निकै नै उत्साही भएको बताएका छन् । 

गायक सोनु निगमले जयश्री रामको भजन गाएका छन् । 

स्थानीय समयअनुसार बिहान ५ बजेदेखि नै मन्दिरको ढोका खुलेको थियो । बिहान १० बजेदेखि मंगल ध्वनि बज्न शुरु भएको थियो । नयाँँ मन्दिरमा भगवान् रामको प्राण प्रतिष्ठा भइरहेको हो । 

आठ हजार भन्दा बढीलाई विशेष अतिथिका रुपमा निमन्त्रणा दिइएको थियो । करिब ५० देशका मानिसलाई विशेष अतिथिका रुपमा बोलाइएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहान अयोध्या पुगे । त्यस्तै पूर्व राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति वेंकैया नायडू, मुकेश–नीता अम्बानी, गौतम अदाणी लगायत पनि सहभागी छन् ।  

यसअघि गत माघ २ गते १६ जनवरीदेखि प्राण प्रतिष्ठाको प्रक्रिया शुरु भएको थियो । विभिन्न अनुष्ठान चलिरहेको थियो । भगवान् रामको नया मूर्ति माघ ३ गते मन्दिर परिसरमा प्रवेश गराइएको थियो । 

गत वर्ष माघमा नेपालको कालीगण्डकीबाट राम मन्दिरका लागि दुई ओटा देवशीला अयोध्या लगिएको थियो । 

बिहान ११ः३० बजेदेखि गर्भगृह पूजा भइरहेको छ । यो पूजा एक घण्टा चल्नेछ ।

१२ः२९ः०८ बजे शुभ मुहूर्तको क्षण हुनेछ । त्यो जम्मा ८४ सेकेन्डको हुनेछ । यो १२ः३०ः३२ बजेसम्म चल्नेछ । 

दिउँसो १२ः३० बजे मूख्य अतिथिहरुको भाषण हुनेछ । 

दिउँसो २ बजेदेखि ७ बजेसम्म अतिथिहरुले भगवान् रामको दर्शन गर्नेछन् ।


 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ