arrow

मोदीले भारतीयलाई किन भने थप ५० दिनलाई कष्ट खेप्नुस् ?

यो घोषणाले मलाई पनि पीडा भइरहेको छ

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
modhi-G-news.jpeg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ सय र १ हजारको नोट नचल्ने घोषणा गरेलगत्तै अकस्मातको उक्त निर्णयले हलचल मच्चियो । मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले ५ सय र १ हजारको नोटमा प्रतिबन्ध लागेको घोषणा गरे ।

वुधबारदेखि घोषणा लागु भएपछि भारतीय नागरिक बैंकहरुमा नोट साट्न लाइन लागेका छन् । हरेक बैंकहरुमा नोट साट्न मानिसहरुकको ठूलो लाम हुने गरेको छ।

नागरिकलाई निकै सास्ती भएको छ । यद्यपि, प्रधानमन्त्री मोदीले आफ्नो घोषणाले जनतामा पुर्‍याएको कष्टले आफुलाई पनि पीडा भएको बताउँदै भारतीय जनतालाई मात्र थप ५० दिनलाई कष्ट खेपिदिन आग्रह गरेका छन् ।

गोवाको एक कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले राष्ट्रहितका लागि सो घोषणा गरेको बताउँदै आफुले गल्ती गर्न पुगे राष्ट्रले दिने जुनसुकै सजाय भोग्न आफु तयार रहेको बताए ।

भारतलाई भ्रष्टचारमुक्त बनाएरै छाड्ने पनि मोदीले बाचा गरेका छन् । अवैध सम्पति र मुद्रा अपचलन गर्ने व्यक्तिहरुतर्फ इंकित गर्दै मोदीले आफ्नो घोषणापछि ती व्यक्तिहरु निदाउन नसकेको जनाए ।

जनताले केही अपेक्षा गरेरै सरकारलाई चुन्ने हुँदा सरकारले पनि सो कुरालाई राम्ररी मनन गर्नुपर्ने मोदीले बताए । सरकारको घोषणापश्चात केन्द्रिय बैंकले कयौं विवादकाबीच ५ सय र १ हजारको नोट प्रचलन खारेज गरेको हो । नोट खारेज भएपछि उक्त नोट साट्नलाई अहिले भारतको बैंक र एटिएमहरुमा मानिसहरुको ठूलो भीड लाग्ने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ