arrow

विवकेसँग वरुण चौधरीले अयोध्याको राम मन्दिरमा लिए सेल्फी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
barun-chaudhary-ayodhya.jpg

अयोध्या । भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरमा हिजो प्राण प्रतिष्ठा गरियो । उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरमा सोमबार दिउँसो स्थानीय समयअनुसार १२ बजेर २९ मिनेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गरेर प्राण प्रतिष्ठा गरेका थिए । जहाँ विश्वभरका हिन्दू धर्मीहरुको  उपस्थिति रहेको थियो ।

सोही सन्दर्भमा निमन्त्रणा गरिएका विशेष अतिथिहरूमा नेपालका उद्योगपति वरुण चौधरी पनि सहभागी भएका थिए । आयोजक श्री राम जन्मभूमि तीर्थ क्षेत्रले निमन्त्रणा गरेको चौधरीलाई विशिष्ट पाहुनाहरू प्रवेश हुने सुग्रिव किल्लाबाट प्रवेशको व्यवस्था मिलाएको थियो ।

डलर अर्बपति विनोद चौधरीका कान्छा छोरा उद्योगपति भएर पनि धर्म, संकृति नभुलेकोमा सामाजिक सञ्जालहरुमा वरुणलाई धेरैले नेपालीले उनको खुलेर तारिफ गरेका छन् । 

केही समय अघि उनले बागेश्वर बाबालाई नेपाल ल्याएर हिन्दूहरूको ठूलो जमघट गराएपछि भारतमा उनको चर्चा परिचर्चा भएको थियो । 

जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका तर्फबाट नेपालका १५ जना प्रमुख सन्त–महन्थलाई बोलाइएको थियो । जसमा अयोध्याबाट निम्ता पाउनेमा जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र उत्तराधिकारी महन्थराम रोशन दास सीताको माइतीबाट जाने उनीहरूलाई पनि विशेष रुपमा हेरिएको थियो ।

चतराधाममा बस्ने जगदगुरु बालसन्त मोहन शरण देवाचार्य, देवघाटमा रहेको हरिहर संन्यास आश्रमका पीठाधिश स्वामी ज्ञानानन्द सरस्वतीसहित तीन जना, पशुपतिनाथ मन्दिरका मूलभट्ट रावल गणेश भट्ट आदिलाई निमन्त्रणा गरिएको थियो । 

सन् २०२० अगस्त ५ मा प्रधानमन्त्री मोदीले उक्त मन्दिरको शिलान्यास गरेका थिए ।

अयोध्याको सोमबारको विशेष कार्यक्रममा पुगेका वरुणले अभिनेता विवेक ओबरायसहितका अतिथिहरुसँग सेल्फी खिचेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ