arrow

राष्ट्रिय सभा निर्वाचनमा मौन अवधि शुरू, यी कार्य गर्न पाइँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
election-commission-hq-building-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभाको १९ सदस्यका लागि यही माघ ११ गते बिहीबार हुने निर्वाचन अन्तर्गत गएराति १२ बजेपछि मतदान कार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निधेषको अवधि कायम गरेको छ ।

यसलाई मौन अवधि पनि भनिन्छ । प्रचारप्रसार कार्य गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न हुँदैन ।
 
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने भएकाले सो बमोजिम आचरण पालना गर्न गराउन अनुरोध गरेका छन् । 

राष्ट्रिय सभाका १९ सदस्यको पद आगामी फागुन २१ गतेदेखि सकिँदैछ । कार्यकाल सकिनु एक महिनाअघि निर्वाचन गरिनुपर्ने कानूनी व्यवस्था रहेको छ ।

१९ जनाका लागि ५१ जनाको उम्मेदवारी परेको छ । 

सरकारको सिफारिसमा राष्ट्रपतिले चयन गर्ने एक सदस्य भने पछि तोकिने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ