arrow

कठ्याङ्ग्रियो तराई, काठमाडौँ उस्तै

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
cold-weather.jpg

काठमाडौँ । यस वर्ष देशभर चिसो महसुस गरिएको छ । हाल तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ ।

चिसोका कारण तराई कठ्याङ्ग्रिएको छ ।  दिपायल ३ दशमलव ४ , नेपालगन्ज ४ दशमलव ३, भैरहवा ४ दशमलव ५, विराटनगर ७ दशमलव ५ डिग्री न्यूनतम तापक्रम रहेको छ । 

तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव परेको छ । 

काठमाडौँको मौसम पनि उस्तै चिसो रहेको छ । काठमाडौँको मौसम हिजो तीन दशमलव दुई डिग्री रेकर्ड गरिएको थियो । 

आज शून्य दशमलव तीन डिग्रीले बढेको छ । काठमाडौँ अधिकतम तापक्रम १७ दशमलव ५ र न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री रहेको छ । 

जुम्लामा सबैभन्दा चिसो माइनस दुई दशमलव पाँच डिग्री तापक्रम रेकर्ड गरिएको छ । 

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । 

देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

चिसोबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ