arrow

राष्ट्रपतिलाई सेनाले यसरी गर्‍याे ब्रिफ

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
sital-niwas.jpeg

काठमाडौं । नेपाली सेनाले राष्ट्रपति एवं नेपाली सेनाको परमाधिपति विद्यादेवी भण्डारीलाई नेपाली सेनाका विभिन्न विरणहरु सुनाएको छ ।

राष्ट्रपति भवन शितल निवास पुगेर प्रधान सेनापति राजेन्द्र क्षत्रील सेनाको सवलीकरण, सुदृढिकरण र सांगठनिक विकास तथा पारम्परिक मर्यादा अच्छुर्ण राख्नको लागि नेपाल सरकारबाट प्राप्त हुँदै आएको सहयोग तथा भूमिका खेल्दै आएको सुनाए ।

प्रधान सेनापति क्षत्रीले नेपाली सेनाले सदैव राष्ट्रिय स्वार्थहरुलाई सर्बोपरी राखी कार्य गर्दै आईरहेको समेत राष्ट्रपतिसामु भने ।

सेनाको सम्बन्धित विभागका रथीहरुले वर्तमान बस्तुस्थितिको जानकारी गराए । यस्तै, उनीहरुले नेपाली सेनाको ईतिहास, विकासक्रम, जिम्मेवारी, रणनीति तथा भावी कार्य योजना सम्बन्धी प्रस्तुती राखे ।

राष्ट्रपति भण्डारीले प्रस्तुतिका लागि धन्यवाद दिइन् । राष्ट्रपति भण्डारीले नेपाली सेनाले हालसम्म निर्वाह गरेको भूमिकाको प्रशंसा समेत गरिन् ।

नेपाली सेनालाई उच्च मनोवल तथा हौसलाका साथ नेपाल सरकारले प्रदान गरेको जिम्मेवारीहरुलाई पुरा गर्न निर्देशन दिइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ