arrow

एसियन कप फुटबलः को दोस्रो चरणमा, को बाहिरियो ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १० बुधबार
afc-asian-cup-i-s-AP.jpg

काठमाडौँ । एएफसी एसियन कप फुटबल प्रतियोगिता जारी रहेको छ । मंगलबारका खेलसम्म समूह ए बाट कतार र ताजिकिस्तान अर्को चरणमा पुगेका छन् भने चीन र लेबनन बाहिरिएका छन् । 

कतार सतप्रतिशत जितसहित ९ अंक बटुलेर समूह विजेता बन्दै तथा ताजिकिस्तान ४ अंकसहित उपविजेता बन्दै अर्को चरणमा पुगेको हो । 

चीनले २ तथा लेबननले १ अंकमात्र बटुल्यो । 

समूह बीबाट अष्ट्रेलिया र उज्बेकिस्तान दोस्रो चरणमा प्रवेश गरेका छन् । सिरियाको प्लेअफ खेल्ने अवसर छ । भारत भने बाहिरिएको छ । 

अष्ट्रेलियाले ७, उज्बेकिस्तानले ५ तथा सिरियाले ४ अंक बटुल्यो । भारत भने अंकविहीन हुँदै बाहिरियो । अन्तिम खेलमा सिरियाले भारतलाई १–० ले हरायो । 

समूह सीबाट इान र यूएई अर्को चरणमा पुग्दा प्यालेस्टाइनको प्लेअफबाट अर्को चरण पुग्ने सम्भावना कायम छ । हङकङ भने बाहिरिएको छ । 

समूह डीबाट इराक अर्को चरणमा पुगेको छ । इराकको ६ अंक छ । एक चरणको खेल आज हुँदै गर्दा जापान र इन्डोनेसियाको समान ३ अंक छ । जापान र इन्डोनेसिया आपसमा भिड्दै गर्दा जित्ने टिम अर्को चरणमा पुग्नेछ । हार्ने टिम बाहिरिने छ । अंकविहीन भियतनाम भने बाहिरिएको छ । भियतनामले आज इराकसँग खेल्दैछ । 

समूह ईबाट अझै छिनोफानो भएको छैन । अन्तिम चरणको खेल बाँकी रहँदा जोर्डन र दक्षिण कोरियाको समान ४ अंक छ भने बहराइनले ३ अंक जोडेको छ । मलेसिया अंकविहीन रहेको छ । 

समूह एफबाट साउदी अरेबिया लगातार दुई जितसहित अर्को चरणमा पुगिसकेको छ भने थाइल्याण्डको ४, ओमानको १ तथा कीर्गिस्तान अंकविहीन छ । अन्तिम चरणको खेलबाट बाँकी टिमको टुंगो लाग्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ