arrow

स्वास्थ्यमन्त्री नभएको मौका छोपी गृहमन्त्रीले पारित गराए सुजातालाई ५० लाख दिने निर्णय

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
Nidhi_Gagan.jpeg
काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा पेश भईसकेको नयाँ कार्यविधि विपरित हुनेगरी नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालालाई उपचारकोलागि ५० लाख दिने निर्णय मन्त्रिपरिषद्बाट पारित गराएका छन् । स्वास्थ मन्त्री गगन कुमार थापाले यस विषयमा पहिलेदेखि नै विरोध गर्दै आईरहेको भएपनि उनी अनुपस्थित रहेको मौका छोपी गृहमन्त्री विमलेन्द्र निधिले कोइरालालाई ५० लाख दिने निर्णग गराएका हुन् । उक्त प्रस्ताव पनि निधि आफैंले मन्त्रिपरिषद्मा पेश गरेका थिए । 
 
राज्य कोशबाट कुनैपनि व्यक्तिलाई रकम दिनुपर्दा नेपाल भित्र उपचारहुन सम्भव नरहेको अवस्थामा नेपाल मेडिकल बोर्डको सिफरिसमा नेपाल भित्र उपचार सम्भव नहुने रोगको उपचारको लागि बढीमा १५ लाखसम्म मात्रै दिन सकिने गरी कार्यविधि तयार पारेर स्वास्थ्य मन्त्रालयको तर्फबाट केहीदिन अघि मन्त्री थापाले प्रस्ताव पनि पेश गरिसकेका छन् । तर, सो कार्यविधि लागूहुनुभन्दा पहिले निधिले आफैं प्रस्ताव गरेर उक्त निर्णय गरााएका हुन् । 
 
यस अघि पूर्व मन्त्री तुलसी गिरीलाई उपचार खर्च दिनकोलागि पुष्पकमल दाहालले गरेको प्रस्ताव मन्त्री थापाकै आपत्तिका कारण रोकिएको थियो । यो प्रस्तावलाई पनि स्वास्थ्य मन्त्रालयमार्फत् नै लैजानकोलागि पार्टी सभापति शेरबहादूर देउवा र उपप्रधान एवं गृहमन्त्री निधिले पटकपटक दबाब दिएको मन्त्रालय स्रोतले बताएको छ । तर, मन्त्री थापाले यसमा सुरूदेखि नै असहमति जनाउँदै आएका थिए । 
 
तर, उनी नेपाल तरुण दलको चौथो महाधिवेशनमा सहभागी हुनकोलागि पोखरामा रहेका बेला यस्तो प्रस्ताव गरेर निर्णय गराईएको हो । यस विषयमा स्वास्थ्यमन्त्री थापाले पोखराबाट नै गम्भीर आपत्ति जनाएका छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ