arrow

स्वास्थ्य क्षेत्रमा ९२ हजार स्वास्थ्यकर्मी अपुग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १० बुधबार
mohan-basnet-10-10.jpg

काठमाडौँ । स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यक रहेको छ । सो कुराको  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत आफैले स्विकारेका छन् । 

बुधवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आफ्नो धेरै पहलले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महत स्वास्थ्य क्षेत्रमा ३२ हजार कर्मचारी पूर्ति गर्न सकारात्मक रहेको बताए । 

उनले २०५४ सालेदेखि स्वास्थ्य मन्त्रालयले कर्मचारीको दरबन्दी बढाउन नसकेको जिकिर गरे । उनले स्वास्थ्यकर्मीहरूको अभावका कारण आधारभूत र गुणस्तरीय सेवा प्रदान गर्न नसकिएको बताए । 

उनले अहिले गाउँहरू बसाइसराइको कारण रित्तिइसकेको बताए । उनले सामान्य रोग लाग्दा पनि विशिष्ट व्यक्तिहरू विदेश जाने कुराको अन्त्य गर्न आवश्यक रहेको भन्दै नेपालमै उपचार सम्भव हुँदा विदेश गएर उपचार गर्नेहरूको उपचार खर्च सरकारले नव्यहोर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ