arrow

संविधान संशोधनपछि मात्रै संविधान कार्यान्वयन : देउवा

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
Sher.jpg.jpeg

वालिङ । काँग्रेस सभापति शेरबहादुर देउवाले संशोधनपछि मात्रै संविधानको कार्यान्वयन हुने बताएका छन् ।

नेपाली कांग्रेस आरुखर्क गाउँ कार्यसमितिले गरेको प्रजातन्त्र सेनानी तथा काँग्रेस स्याङ्जाका नेता मोहनीप्रसाद पौडेलको अभिनन्दन कार्यक्रममा देउवाले संविधान संशोधनका लागि प्रमुख तीन दलबीच वार्ता भइरहेकाले छिट्टै समाधान निस्कने बताए ।

‘नेपालीको छ दशकको चाहना हामीले २०७२ असोजमा पूरा गरेका छौँ’ –सभापति देउवाले भने, ‘संविधान कार्यान्वयन गरेर देशलाई अग्रगतितर्फ लैजानु पर्दछ ।’

देश सङ्क्रमणकालमा रहेको अवस्थामा आरोपप्रत्यारोप गरेर समय फाल्नुको सट्टा दलगत स्वार्थभन्दा माथि उठेर चुनौतीलाई पार लगाउनु अहिलेको आवश्यकता भएको देउवाको भनाई छ ।

६६ वर्षीय पौडेल विगत एक वर्षदेखि मस्तिष्कघातबाट पीडित थिए । पौडेललाई सभापति देउवाले दोसल्ला ओढाएर सम्मान गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ