arrow

आहा रारा गोल्डकपमा आर्मीको विजयी शुरुआत, राइजिङ स्टार पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १० बुधबार
tribhuvan-army-aaharara-saharaclubfacebook.jpg

पोखरा । विभागीय टिम त्रिभुवन आर्मीले तेइसौँ आहा रारा पोखरा गोल्डकपमा विजयी शुरुआत गरेको छ । आर्मीले आज भएको प्रिक्वाटरफाइनल खेलमा राइजिङ स्टार क्लबलाई पराजित गरेको हो ।

यो जितसँगै आर्मी प्रतियोगिताको अन्तिम आठमा पुगेको छ । सेमीफाइनल प्रवेशका लागि आर्मीले आइतबार संकटा क्लवको सामना गर्नेछ ।

आज भएको खेलमा आर्मीले राइजिङ स्टार क्लबलाई १-० गोलले पराजित गरेको हो । खेलको २७ मिनेटमा भरत खवासले गरेको १ मात्र गोल नै जीतका लागि निर्णायक बन्यो ।

प्रतियोगिता अन्तर्गत तेस्रो खेल बिहीबार मछिन्द्र क्लब र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ आयोजक सहाराले जनाएको छ ।

माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक सहारासहित १२ टोली सहभागी छन् । प्रतियोगिता विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ