arrow

कोपा डेल रेबाट बाहिरियो बार्सिलोना 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ११ बिहिबार
barcelona-lost-2024.jpg

काठमाडौँ । स्पेनिश ला लिगा क्लब बार्सिलोना कोपा डेल रेबाट बाहिरिएको छ । गएराति सम्पन्न कोपा डेल रे को क्वार्टरफाइनल अन्तर्गतको खेलमा एथलेटिक क्लबसँग ४–२ गोल अन्तरले पराजित हुदै बार्सिलोना बाहिरिएको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै क्लबले २–२ गोल गरेपछि खेल ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । सो समयमा एथलेटिक क्लबले २ गोल गरेपछि खेल ४–२ ले जितेको थियो ।

एथलेटिक क्लबको जितमा गोर्का गुरुजेफा, ओइहान सान्चेट, इनाकी विलियम्स र निको विलियम्सले एक एक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्की र लामिन यमलले एक एक गोल गरेका थिए ।

त्यसैगरी अर्को खेलमा मयोर्काले गिरोनालाई ३–२ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । यसअघि रियाल सोसियडाडले सेल्टा भिगोलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

अहिलेसम्म एथलेटिक क्लब, मयोर्का र रियाल सोसियडाड सेमिफाइनलमा पुगेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ