arrow

काराबाओ कपको उपाधि भिडन्त लिभरपुल र चेल्सीबीच  

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ११ बिहिबार
chelsea-liverpool-2024.jpg

काठमाडौँ । प्रिमियर क्लब लिभरपुल ईएफएल कप (काराबाओ कप) फुटबलको फाइनलमा पुगेको छ ।

गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा फुलह्यामसँग १–१ गोलको बराबरी खेल्दै लिभरपुलले समग्रमा ३–२ को नतिजा निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

लिभरपुलका लागि खेलको ११ औँ मिनेटमा लुइस डियाजले शुरुआती गोल गरेका थिए भने खेलको ७६औँ मिनेटमा फुलह्यामका इस्सा डिओपले बराबरी गोल गरेका थिए ।

यसअघिको पहिलो लेगको खेल लिभरपुलले २–१ ले जितेको थियो ।

अब फाइनलमा लिभरपुलले चेल्सीको सामना गर्नेछ । चेल्सीले सेमिफाइनलको दोस्रो लेगमा मिडल्सब्रोलाई ६–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६–२ को नतिजा निकाल्दै फाइनलमा पुगेको हो ।

चेल्सीको जितमा कोल पाल्मेरले २ गोल गरेका थिए भने एन्जो फेर्नानडेज, नोनी माडुएके र एक्सेल डिसासीले एक एक गोल गरेका थिए । त्यस्तै मिडल्सब्रोका जोनी होवसनले एक गोल आत्मघाती गोल गरेका थिए । त्यस्तै मिडल्सब्रोका लागि मोर्गान रोजर्सले एक गोल गरेका थिए ।      

यस अघि पहिलो लिगमा मिडल्सब्रोले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

फाइनल खेल फेब्रुअरी २५ तारिखमा हुने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ