arrow

गच्छदारले भने–अङ्गिकृतले संवैधानिक पद पाउनु हुँदैन

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
Gachhadar.jpg.jpeg

नेपालगन्ज । मधेसी–जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अङ्गिकृत नागरिकलाई संवैधानिक पद दिन नहुने बताएका छन् ।

आफ्नै पार्टीले आइतबार गरेको पत्रकार सम्मेलनमा उनले अङ्गिकृतलाई संवैधानिक पद दिन नहुने जनमत मधेसमै अधिक रहेकाले कसैको व्यक्तिगत र पार्टीगत स्वार्थमा उक्त व्यवस्था लागू हुन नसक्ने बताएका हुन् ।

गच्छदारले भने, ‘संविधान संशोधनको मुख्य एजेण्डा सीमाङ्कनको बाँडफाँड नै हो, तसर्थ यस विषयमा सबै दल सहमतिमा आउनुपर्छ ।’

यस्तै, अगुवा कार्यकर्ता भेलामा अध्यक्ष गच्छदारले पार्टी एकताबाट सबै कार्यकर्ताको हित हुने बताए । सो कार्यकर्ता भेला तीन दिनसम्म चल्ने बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ