arrow

लुम्बिनीमा ८४ प्रतिशत मत खस्यो, मतदान जारी 

logo
नारायण वली,
प्रकाशित २०८० माघ ११ बिहिबार
national-assembly-election2.jpg

लुम्बिनी । राष्ट्रिय सभा सदस्यका लागि भइरहेको निर्वाचनमा लुम्बिनी प्रदेशमा ८४ प्रतिशत मत खसिसकेको छ । १२ बजेर ४० मिनेट जाँदासम्म ८४ प्रतिशत मत झरेको निर्वाचन क्षेत्र नं ख कि प्रमुख एवं दाङकी सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले जनाएकी छिन् ।

बिहान ९ बजेदेखि शुरु भएको राष्ट्रिय सभा निर्वाचनको मतदान ३ बजेसम्म गर्न पाइन्छ । कडा सुरक्षाका साथ गरिएको निर्वाचन सोहार्दपूर्ण रुपमा चलिरहेको लुम्बिनी प्रदेश प्रहरी प्रमुखको कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रदेशका एक सय ९ पालिकाका दुई सय १८ जना जनप्रतिनिधि र प्रदेशका ८७ जना सांसदहरु गरी कुल तीन सय पाँच जनाले मतदान गर्ने प्रदेश निर्वाचन आयोगले जनाएको छ । 

लुम्बिनीका मुख्यमन्त्री डिल्लीवहादुर चौधरीले पहिलो मतदान गरेर शुरु भएको मतदानमा हालसम्म २ सय ५६ जनाले मतदान गरिसकेको र बाँकी ४९ जनाले मतदान गर्न बाँकी रहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ