arrow

सकियो कर्णालीमा मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ११ बिहिबार
national-assembly-election-.jpg

सुर्खेत । देशभरका सात ओटै प्रदेशमा बिहीबार राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान भइरहेको छ । तर तीन सदस्यका लागि कर्णाली प्रदेशमा भएको मतदान भने सकिसकेको छ । प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान शुरु भएको थियो ।  

कर्णाली प्रदेशमा प्रदेश सभाका ४० तथा स्थानीय तहका १५६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कर्णालीमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) उम्मेदवार छन्  भने एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ