arrow

राष्ट्रिय सभा निर्वाचन

लुम्बिनीमा मतगणना जारी, दुई मत खसेन 

logo
नारायण वली,
प्रकाशित २०८० माघ ११ बिहिबार
national-assembly-lumbini-g.jpg

लुम्बिनी । बिहीबार लुम्बिनी प्रदेशको दाङमा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा तीन सय ३ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेशका एक सय ९ पालिकाका २ सय १८ स्थानीय तहका जनप्रतिनिधि र प्रदेशका ८७ जना सांसद गरी कूल तीन सय पाँच जना मतदाताहरुमध्ये ३ सय ३ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । 

कूल मतदातामध्ये दुई मत नखसेको बताइएको छ । बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय अनुपस्थिति भएका कारण सबै मत खस्न सकेन । 

प्रदेशमा दुई जना राष्ट्रिय सभा सदस्यका लागि ६ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । निर्वाचन आयोगका अनुसार मत गणनाको तयारी भइरहेको जानकारी दिएको छ ।



नयाँ