arrow

तीन ‘सेलिब्रेटी’ मेयर बालेन, हर्क र गोपालले गरेनन् मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ११ बिहिबार
balen-harka-gopal.jpg

काठमाडौँ । राष्ट्रिय सभा सदस्य चयनका लागि भएको निर्वाचनमा तीन ‘सेलिब्रेटी’ मेयरले मतदान गरेनन् । बिहीबार भएको निर्वाचनमा उनीहरुले मतदान नगरेका हुन् । 

गत वर्ष भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएर चर्चामा रहेका काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र  साह (बालेन), धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा मतदान नगरेका हुन् ।

सातै प्रदेशका प्रदेश निर्वाचन कार्यालयमा बिहीबार बिहान ९ बजेबाट शुरु भएर दिउँसो ३ बजेसम्म चलेको मतदान कार्यमा उनीहरु सहभागी नभएका निर्वाचन आयोगले जनाएको छ । 

तीनै जनाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ