arrow

गण्डकीमा तीनै जना सत्ता गठबन्धनबाट निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ११ बिहिबार
kiran-manrupa-padam-gandaki.jpg

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट सत्ता गठवन्धनका तीन जना उम्मेद्वार नै विजयी भएका छन् । 

जसमा कांग्रेसबाट गोरखाका किरणबाबु श्रेष्ठ, तनहुँका पदम बहादुर परियार र माओवादी केन्द्रबाट पर्वतकी मनरुपा शर्मा विजयी भएका हुन् । श्रेष्ठ अन्य, परियार अपांग र शर्मा महिला कलष्टरमा विजयी भएका हुन् ।

आज भएको निर्वाचनमा कांग्रेसका श्रेष्ठले ३ हजार ८ सय ८ मतभार पाएर विजयी भएका हुन् । उनका निकटतम् प्रत्यासी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मतभार पाए । 

यसैगरी महिला क्लष्टरमा एमालेकी सम्झना देवकोटालाई पराजित गर्दै माओवादीकी शर्मा विजयी भएकी हुन् ।

उनले ३ हजार ६ सय ६० मतभारका साथ विजयी भएकी हुन् । उनकी निकटतम् प्रत्यासी देवकोटाले २ हजार ५ सय ५३ मतभार प्राप्त गरेकी छन्

यता, अपांगतर्फबाट कांग्रेसका परियारले ३ हजार ७ सय ७४ मतभार पाएका छन् । उनका प्रत्यासी एमालेका हेमचन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार पाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ