arrow

राष्ट्रिय सभा सदस्यमा मधेसबाट सत्ता गठबन्धन निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ११ बिहिबार
ananda-puja-madhes.jpg
तस्बिर – फाइल ।

जनकपुर । मधेस प्रदेशबाट राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धन विजयी भएको छ । नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी जसपाकी पूजा चौधरी निर्वाचित भएका हुन् । 

मधेसमा दुई सिट खाली रहेकामा त्यसकै लागि मतदान भएको थियो । पाँच जनाले उम्मेदवारी दिएकामा दुई जना निर्वाचित भएका हुन् ।

ढुंगानाको ७ हजार ३७० तथा चौधरीको ७ हजार ९२९ मतभार आएको थियो । मधेसमा कूल मतभार १० हजार ८३९ रहेको थियो ।

अन्य उम्मेदवारमा एमालेका तर्फबाट उषादेवी थरुनी र विजेता झा तथा जनमत पार्टीबाट रामाशंकर महासेठ उम्मेदवार रहेका थिए ।

१३६ पालिकाबाट सबैले मत खसाले भने प्रदेश सभाका १०७ जना सांसदमध्ये लोसपाका सांसद अभिराम शर्माले मतदान गरेनन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ