arrow

लुम्बिनीमा गठबन्धन उम्मेदवार विजयी

logo
नारायण वली,
प्रकाशित २०८० माघ ११ बिहिबार
jhakku-bishnu-lumbini.jpg

लुम्बिनी । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । दुई जनाका लागि छ जना प्रतिस्पर्धी रहेकामा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका हुन् । सापकोटाले ५ हजार ४३५ मत भार प्राप्त गरी विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी तुलसा केसीले २ हजार ८६७ मत ल्याएर पराजित भइन् । सापकोटा कांग्रेसको संस्थापन इतरकी हुन् । 
 
अन्यमा माओवादी केन्द्रका सुवेदी निर्वाचित भएका छन् । रोल्पाका सुवेदीले नेकपा एमालेका झपेन्द्र जीसीलाई पराजित गरेर विजयी भएको अधिकृत कुलप्रसाद पाण्डेले जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ