arrow

कोशीमा सत्ता गठबन्धनमा घात, एमालेकी कोइराला विजयी

logo
विवेक मिश्र, 
प्रकाशित २०८० माघ ११ बिहिबार
rukmini-koirala-koshi-uml.jpg
तस्बिर – फाइल ।

विराटनगर ।  राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेश महिलातर्फ एमालेकी रूक्मिणी कोइराला निर्वाचित भएकी छिन् । उनले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी मा‌‌ओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गरिन् ।

कोइरालाले पाँच हजार ८६ मत भार तथा कार्कीले चार हजार ९९२ मत भार प्राप्त गरिन् ।‌ निर्वाचन आयोगले आधिकारिक घोषणा गरेको छैन ।

यो परिणामसँगै कोशीमा सत्ता गठबन्धन असफल भएको हो । गठबन्धनका ३ सांसद र १३ स्थानीय तहका जनप्रतिनिधिले फ्लोर क्रस गरेर एमाले उम्मेदवारलाई मत दिएको दाबी गरिएको छ । 

कोशीको ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । कांग्रेसका प्रमुख–उपप्रमुख ११३, एमालेका ११२, माओवादी केन्द्रका ३१, एकीकृत नेकपा समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना छन् ।

कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४२४८, कांग्रेसको ३६८४, माओवादी केन्द्रको १२७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ । 

कोशीमा राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ मा झरेको छ । सत्ता गठबन्धनसँग ५४३६ मतभार छ । एमाले र राप्रपाको मतभार ४६४२ छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ