arrow

आहा रारा गोल्डकपमा जाउलाखेलको विजयी शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ११ बिहिबार
aaha-rara-pokhata-goldcup.jpg

पोखरा । जाउलाखेल युथ क्लबले पोखरामा जारी तेइसौँ आहा रारा पोखरा गोल्डकपमा विजयी शुरुआत गरेको छ । 

मछिन्द्र क्लबलाई १-० ले पराजित गर्दै जाउलाखेल प्रतियोगिताको अन्तिम आठमा पुगेको छ । 

जावलाखेलका हिसुब थपलियाले खेलको ३८ औं मिनेटमा गरेको गोल नै जीतका लागि निर्णायक बन्यो ।  

जाउलाखेलले सेमिफाइनल प्रवेशका मनाङ्ग मर्स्याङ्दीको सामना गर्नेछ । सो खेल माघ १४ गते हुनेछ ।

प्रतियोगितामा चौथो खेल शुक्रबार विभागीय टिम एपीएफ र चर्च ब्वाइजबीच हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ