arrow

कोशीमा गठबन्धनकै दुई सांसदले दिएनन् सिटौलालाई मत 

logo
विवेक मिश्र, 
प्रकाशित २०८० माघ ११ बिहिबार
krishna-sitaula-congress.jpeg
तस्बिर – फाइल ।

विराटनगर । कोशीमा राष्ट्रिय सभा निर्वाचनमा फरक नतिजा आएको छ । सत्ता गठबन्धनले महिला सिट गुमाएको छ भने नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका कृष्णप्रसाद सिटौलालाई गठबन्धनकै दुई सांसदले मत दिएनन् । 

सिटौलाको मत क्रस भएको हो । गठबन्धनमा ४७ सदस्य रहे पनि सिटौलाले ४५ मत प्राप्त गरेका छन् । राप्रपाका उद्धव पौडेलले ४७ मत प्राप्त गरेका छन् भने एक मत बदर भएको थियो ।

त्यस्तै स्थानीय तहतर्फ ४ बदर भएको छ । सिटौलाले १५३ मत पाउँदा पौडेलले १०९ मत प्राप्त गरेका छन् । 

महिलातर्फ एमालेकी रूक्मिणी कोइराला निर्वाचित भएकी छिन् । उनले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी मा‌‌ओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ