arrow

कोशीमा मिश्रित परिणामः सिटौला र कोइराला विजयी

logo
विवेक मिश्र, 
प्रकाशित २०८० माघ ११ बिहिबार
kirshna-rukmini-koshi.jpg

विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा मिश्रित परिणाम आएको छ । दुई जनाका लागि भएको निर्वाचनमा गठबन्धनले एक सिट गुमाएको छ । कोशीमा अन्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भए । 

त्यस्तै महिलातर्फ एमालेकी रुक्मिणी कोइराला विजयी भइन् । प्रदेश सभाको मत गन्दा राप्रपाका उम्मेदवार उद्धव पौडेलभन्दा पछाडि परेका सिटौला स्थानीय तहको मत गनेपछि विजयी भएका हुन् ।

प्रदेश सभा सदस्यतर्फ सिटौलाले २३८५ र स्थानीय तहतर्फ २९०७ गरी ५२९२ मत प्राप्त गरे भने पौडेलले प्रदेशसभातर्फ २४९१ र स्थानीय तहतर्फ २०७१ मत गरि ४५६२ मत पाए । सिटौला ७३० मतभारले विजयी भएका हुन् ।

प्रदेश सभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए । सत्तारुढ गठबन्धनको प्रदेश सभामा ४७ मत भए पनि २ जनाले सिटौलालाई मत दिएनन् । एक मत भने बदर भएको थियो ।

स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे । स्थानीय तहतर्फ ४ मत बदर भएको छ ।

प्रदेश सभातर्फ महिलामा एमालेकी रुक्मिणी कोइरालाले ४९ र माओवादीकी चम्पा कार्कीले ४४ मत पाएका थिए । महिलातर्फ एमाले उम्मेदवार कोइराला विजयी भएकी छिन् ।

फ्लोर क्रस भएसँगै कोशीमा गठबन्धन संकटमा परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ