arrow

न्यूजिल्याण्डको ७.८ म्याग्नेच्युडको भूकम्पमा कम्तीमा दुई जनाको मृत्यु

logo
प्रकाशित २०७३ कार्तिक २९ सोमबार
earthquake-nz.jpeg
क्राइस्टचर्च । न्यूजिल्याण्डमा आइतबार आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने थुप्रै भौतिक संरचना ध्वस्त भएको छ । 
 
न्यूजिल्याण्डको समयअनुसार आइतबार मध्यरातिमा आएको भूकम्प ७.८ म्याग्नेच्यूडको मापन गरिएको थियो । 
 
Debris from buildings are seen on a sidewalk past a cordon line in Wellington
 
क्राइस्टचर्चको उत्तरपूर्वी क्षेत्रमा आएको सो भूकम्पको केन्द्रबिन्दु दक्षिणी टापु रहेको बताइएको छ । 
 
केन्द्रबिन्दु विलिङटनदेखि २०० किलोमिटर टाढा पर्छ ।
 
मध्यरातमा भूकम्प आएकाले सहजै उद्धार गर्न सक्ने अवस्था नरहेको बताइएको छ । 
 
New Zealand residents camp near the top of Mt Victoria, the highest hill in Wellington
 
अझै केहीको मृत्यु भएको हुन सक्ने न्यूजिल्याण्ड सरकारले जनाएको छ । 
 
सुनामीको खतराले स्थानीयलाई ठूलै त्रास दिएको थियो । सडक चिराचिरा पर्दा यातायातमा समस्या आएको छ ।  
 
A large fissure runs along Kaikoura Road about two hours north of Christchurch



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ