arrow

चिसोले काठमाडौँमा तोड्यो रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १२ शुक्रबार
cold-weather.jpg

काठमाडौँ ।  काठमाडौँमा बिहीबार यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको  छ ।  विस्तारै देशभर चिसो हुने क्रम बढिरहेको छ ।  

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौँमा बिहीबार न्यूनतम तापक्रम तीन डिग्रीमा झरेर सोमबारको रेकर्ड तोडेको हो । 

काठमाडौँ उपत्यकामा शुक्रबार पनि कम तापक्रम मापन गरिएको  छ । दुवै दिनको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस रहेको छ । 

यसअघि गत सोमबार तीन दशमलव दुई डिग्री मापन गरिएकामा शून्य दशमलव दुई डिग्री झरेपछि बिहीबार यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको मौसमविद् लामिछानेले जानकारी दिए । 

बिहीबार अधिकतम तापक्रम १६.६ डिग्री मापन गरिएको छ । 

बिहीबार सबैभन्दा कम तापक्रम जोमसोमको रहेको लामिछानेले बताए । तराईमा बाक्लो हुस्सु र कुहिरो जारी रहने तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा बादल लागेर घाम कम लाग्ने भन्दै देशभर चिसो बढ्ने क्रममा रहेको उनले बताए । यो समयमा चिसोबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ ।

आगामी तीन दिनसम्म देशभर ठूलो वर्षाको सम्भावना नदेखिएको महाशाखाले जनाएको छ । ठूलो वर्षाको सम्भावना नभए पनि कतैकतै छिटफुट वर्षा हुनसक्ने लामिछानेले जानकारी दिए ।

शुक्रबार काठमाडौँको अधिकतम तापक्रम पनि घटेर १६.६ डिग्रीमा झरेको छ । उपत्यका बाहिरको तापक्रम पनि घट्दो क्रममै रहेको छ । तराईमा शीतलहर चलेको छ । 

सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ५.२ डिग्री रहेको छ । त्यस्तै दिपायलमा १.९, डडेलधुरामा २.१, वीरेन्द्रनगरमा २.६, ताप्लेजुङमा ३, घोराहीमा ५, सिमरामा ५.६, धनगढीमा ६, भैरहवामा ६.९ तथा पोखरामा ७ डिग्री रहेको छ । 

अधिकतममा सबैभन्दा कम भैरहवामा १२.१, सिमरामा १२.२ तथा जुम्लामा १२.३ डिग्री रहेको छ । अधिकतम भने दिपायलमा २२ डिग्री सेल्सियस रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ