arrow

एसियन कप फुटबलको राउण्ड १६ को समीकरण पूरा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १२ शुक्रबार
asian-cup-sk-mal-2024.jpg
तस्बिर– दक्षिण कोरिया र मलेसियाका खेलाडीहरु, एपी ।

काठमाडौँ । एसियन कप फुटबलको राउण्ड १६ को समीकरण पूरा भएको छ । गएराति सम्पन्न समूह चरणका खेलपछि एसियन कपको राउण्ड १६ मा पुग्ने १६ देशको टुंगो लागेको हो ।

राउण्ड १६ मा ६ समूहका विजेता र उपविजेताले आफ्नो स्थान सुरक्षित गरेका छन् भने सबै समूहका तेस्रो हुने देशहरुमध्ये शीर्ष चार देशले पनि राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

जसमा समूह एबाट आयोजक कतार र ताजकिस्तान, समूह बीबाट अस्ट्रेलिया र उज्बेकिस्तान, समूह सीबाट इरान र यूएई, समूह डीबाट इराक र जापान, समूह ई बाट बहराइन र दक्षिण कोरिया र समूह एफबाट साउदी अरेबिया र थाइल्याण्ड समूह विजेता र उपविजेता हुँदै राउण्ड १६ मा पुगेका छन् ।

 त्यसैगरी तेस्रो हुने देशहरुबाट शीर्ष चारमा रहेका समूह इबाट जोर्डन, समूह सीबाट प्यालेस्टाइन, समूह बीबाट सिरिया र समूह डीबाट इन्डोनेसियाले पनि राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

कसको भिडन्त कोसँग ? 

राउण्ड १६ मा अस्ट्रेलियाले इन्डोनेसियाको सामना गर्ने छ भने ताजकिस्तानले युएईको सामना गर्ने छ । त्यस्तै इराकले जोर्डनको सामना गर्ने छ भने  आयोजक कतारले प्यालेस्टाइनको सामना गर्नेछ ।

त्यसैगरी उज्बेकिस्तानले थाइल्याण्डको सामना गर्ने छ भने साउदी अरेबियाले दक्षिण कोरियाको सामना गर्ने छ । त्यस्तै बहराइनले जापानको सामना गर्ने छ भने इरानले सिरियाको सामना गर्ने भएको छ ।

अब राउण्ड १६ का खेलहरु नकआउट खेल हुने छन् । राउण्ड १६ का खेलहरु जनवरी २८, २९, ३० र ३१ मा हुने छन् ।
              



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ