arrow

ऊर्जा सकिएको स्वघोषणा गर्दै क्लोपले लिभरपुल छाड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १३ शनिबार
jurgen-klopp-lkiverpool-202.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले सिजनको अन्त्यपछि क्लब छोड्ने खुलासा गरेका छन् । क्लबको वेबसाइटसँग गरेको कुराकानीमा क्लोपले आफूले यस सिजनको अन्त्यपछि क्लब छोड्ने बताएका हुन् ।

क्लोपले आफ्नो ऊर्जा सकिएको बताउँदै क्लब छोड्न लागेको बताएका छन् । क्लोप लिभरपुलमा सन् २०१५ देखि प्रशिक्षक रहेका छन् ।  उनी त्यसअघि २००८ देखि २०१५ सम्म जर्मन क्लब डर्टमण्डको प्रशिक्षक रहेका थिए ।

उनले लिभरपुलबाट अहिलेसम्म २०१९–२० सिजनमा प्रिमियर लिग, २०२१–२२ मा एफए कप, २०२१–२२ मा इएफएल कप, २०१८–१९ मा च्याम्पियन्स लिग, २०१९ मा यूइएफए सुपर कप, २०१९ मा फिफा क्लब विश्वकप जितेका थिए । 

त्यस्तै उनको नेतृत्वमा २०१७–१८ र २०२१९२२ मा लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ