arrow

हिमपातले सङ्खुवासभाको जनजीवन कष्टकर

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १३ शनिबार
sankhuwasabha.png
तस्बिर – फाइल ।

किमाथाङ्का । सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा परेको हिमपातले जनजीवन प्रभावित भएको छ । शुक्रबार रातिदेखि जिल्लाको माथिल्लो भेगमा हलुका वर्षासँगै अहिले हिउँ परिरहेको छ । 

उच्च हिमाली भागमा बाक्लो हिमपात हुन थालेपछि जनजीवन कष्टकर बनेको छ । हिमपातले उत्तरी क्षेत्रको किमाथाङ्का नाका, मकालु आधार शिविर, तीनजुरे, गुफापोखरी, मङ्गलबारे, क्षेत्रका डाडाँकाँडा हिउँले सेताम्मै भएका छन् ।

बाक्लो हिमपात भएकाले जनजीवन कष्टकर भएको छ । अहिले पनि त्यस क्षेत्रमा हल्का वर्षा भइरहेकाले हिउँ पर्ने क्रम जारी रहेको स्थानीयको भनाइ छ । हिउँ परेपछि उच्च हिमाली क्षेत्रमा चिसो अत्यधिक बढेको छ । 

चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका छन् भने आमसर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ